Logo

Banner-news

ब्रोकर संख्या थप गर्न उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमले लबिङ गर्ने !


GDP Nepal
   ११ माघ २०७७, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले गठन गरेको पुँजी बजार फोरमले
ब्रोकरको संख्या थप गर्न सरकारसमक्ष लबिङ गर्ने भएको छ । फोरमका सभापति तथा कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौड्यालको अध्यक्षतामा बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णय नं. ५ मा भनिएको छ– मर्चेन्ट बैंकिङ तथा ब्रोकरेज व्यवसायको कार्य र क्षेत्र विस्तार र संख्या थप गर्नका लागि पहल गर्ने ।

पुँजी बजार फोरमको पहिलो बैठकका निर्णयहरु

वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोकिएका बेला महासंघको संस्थागत निर्णयसँगै नियामकमाथि यसले दबाब सिर्जना गर्ने देखिन्छ । महासंघले पुँजी बजारको संवेदनशीलतालाई गम्भीरतापूर्वक लिँदै पहिलोपटक फोरम गठन गरेको हो ।

फोरम बैठकका १० निर्णयमा पुँजी बजारमा वैदेशिक लगानी भित्र्याउन कानुनी सुधारका लागि पहल गर्ने, लाभकरसम्बन्धी अन्योलको निवारण गर्ने, वास्तविक क्षेत्रलाई आकर्षित गर्नेलगायतका विभिन्न निर्णय गरिएको छ ।

यसअघि कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौडेलको सभापतित्वमा गठन भएको पूंजी बजार फोरम विस्तार भएको महासंघले जनाएको छ ।

पुँजी बजारको विकास र विस्तारको लागि क्रियाशील भई काम गर्ने, पुँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन र ऐन नियमलाई समय सापेक्ष सुधार गर्न सुझाव तयार गर्ने प्रमुख कार्यक्षेत्रका साथ महासंघमा पुँजी बजार फोरम पहिलो पटक गठन भएको हो ।

नवगठित फोरमका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य रामशरण थपलिया चुनिएका छन भने सदस्यहरूमा महासंघको पूर्वकार्यकारिणी समिति सदस्य निर्माण कुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष मेख बहादुर थापा, सेक्योर्ड सेकुरिटिज लि.का अध्यक्ष सन्तोष मैनाली, क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिजु प्रा.लि.का अध्यक्ष प्रियराज रेग्मी चुनिएका छन् ।

यस्तै, मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ड बैकिङ्ग लि.का संचालक विष्णु प्रसाद बस्याल, ओरल एडभरटाईजिङ्ग एजेन्सीका प्रवन्ध निर्देशक राजन लम्साल र ग्रिन हिल सिटि प्रा.लिका प्रवन्धक ज्योति दाहाल सदस्यका रुपमा रहेका छन् ।

एनआरएन इनफ्रास्टक्चर लि.का कार्यकारि अधिकृत उषा खतिवडा, अनलाइन सेक्युरिटिज प्रा.लि.का प्रवन्ध निर्देशक अनन्तकुमार पौडेल आमन्त्रित सदस्यमा चुनिएको र फोरमको सल्लाहकारहरूमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पुँजी बजारका परामर्शदाता कुमार केशर विष्ट रहेको जनाइएको छ ।

महासंघ अध्यक्ष शेखर गोल्छाले पुँजी बजारलाई स्थायी र भरभर्दाे बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ्य अभ्यासको प्रवद्र्धनमा फोरम मार्फत महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

गोल्छाले नेपालको पुँजी बजारको विकासमा महासंघको तर्फबाटपनि योगदान दिन सकियोस भनेर पुँजी बजार फोरम गठनमा विशेष जोड दिएको बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ र रोजगारदाता परिषदका सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघईले पुँजी बजारका विषयमा जनचेतना वृद्धि र जानकारीमूलक कार्यक्रम संचालन गर्न सम्बन्धित पक्षसंग समन्वय गर्ने कार्यमा फोरम सक्रियरूपमा लाग्ने विश्वास प्रकट गरे ।

प्रकाशित : ११ माघ २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह