Logo

Banner-news

नायक चलचित्रको झल्को उत्तराखण्डमा, सृष्टि गोस्वामी एक दिने मुख्यमन्त्री


GDP Nepal
   १२ माघ २०७७, सोमबार


नयाँदिल्ली । सन् २००१ मा रिलिज भएको भारतीय चलचित्र नायकको चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ । एक दिनका लागि मुख्यमन्त्री बनेका अनिल कपुरले सीमित समयका बाबजुद हासिल गरेको प्रतिफल र त्यसपछिको निर्वाचनमा पनि उनको जीतलाई चलचित्रमा राम्रोसँग प्रस्तुत गरिएको छ ।

सृष्टि गोस्वामी

नायक चलचित्र कुनै घटनामा आधारित नभएर परिकल्पनामात्रै थियो । तर, वास्तविक जीवनमा पनि झन्डै मेल खाने घटना भएको छ भारतको उत्तराखण्ड राज्यमा । १९ वर्षीय कलेज छात्रा सृष्टि गोश्वामी उक्त राज्यको एक दिने मुख्यमन्त्री भएकी छन् ।

गोश्वामीले नायकमा अनिल कपुरकै शैलीमा सुधारको काम त गरिनन् तर उक्त राज्यप्रति विश्वकै ध्यान खिच्ने काम भने भएको छ ।


बलिउड चलचित्र नायकमा देखाइए जस्तै वास्तविक जीवनमा एक दिनकी मुख्यमन्त्री बनेकी १९ वर्षकी गोस्वामी उत्साहित भइन् भने उनको परिवार र समाजले समेत महिला सशक्तीकरणको पक्षमा यसलाई ऐतिहासिक कदम मानेको छ ।

सृष्टि उत्तराखण्ड राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी किशोरी हुन् । उनी रुड्कीस्थित बीएमएम पीजी कलेजमा बीएससी कृषिकी छात्रा हुन्। उनका पिता गाउँमा पसल चलाउँछन् भने उनकी आमा बालबालिका हेरचाह केन्द्रमा काम गर्छिन्।

सृष्टिलाई उत्तराखाण्ड राज्यले प्रतीकात्मक रूपमा प्रथम महिला मुख्यमन्त्री बनाएको हो। उनले विधानसभाको सत्रमा मुख्यमन्त्रीको हैसियतले सरकारका अलगअलग विभागहरूले गरेका कार्यबारे जानकारी लिइन्।

विभिन्न सरकारी निकायका अधिकारीहरूले आफूहरूले गरेका कामबारे प्रस्तुति दिए भने सृष्टिले त्यसमा आफ्नो सुझाव दिइन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएको आफ्नो भनाइमा सृष्टिले भनेकी छन्, एक दिनका लागि मुख्यमन्त्री बन्ने मौका पाएकामा म निकै खुसी छु। उत्तराखण्ड सरकारका अलगअलग विभागहरूको प्रस्तुति पछि म उनीहरूलाई आफ्नो सुझाव दिनेछु। म खासगरी बालिकाहरूको सुरक्षासँग जोडिएका सुझाव दिनेछु।

प्रकाशित : १२ माघ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह