Logo

Banner-news

कोरोनाको नयाँ भाइरसविरुद्ध पनि खोप तयार, मोडेर्नाको खोपले नै काम गर्ने


GDP Nepal
   १३ माघ २०७७, मंगलबार


काठमाडौं । विश्वव्यापी रुपमा देखिएको कोरोनाको नयाँ प्रजातिका सम्बन्धमा विभिन्न चिन्ता गरिए पनि तत्कालका लागि यसको नियन्त्रण सम्भव देखिएको छ । अमेरिकी औषधी उत्पादक मोडेर्नाको खोपले कोरोनाको नयाँ प्रजाति नियन्त्रण सम्भव रहेको अमेरिकी वैज्ञानिकहरूले बताएका छन् ।

मोडेर्नाका अधिकारीहरुका अनुसार पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोनाभाइरसको प्रकारसँग जुझ्न मोडेर्नाका खोप सक्षम देखिएको छ । उक्त कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो।

यद्यपि, यसका विषयमा थप अध्ययन हुन बाँकी छ भने खोप लगाएका मानिसहरूमै परीक्षणा गर्नुपर्ने बताइएको छ। कोरोनाको नयाँ भाइरस सुरुमा यूके र दक्षिण अफ्रिकामा देखा परेको थियो । यी नयाँ प्रकार हाल विभिन्न देशमा फैलिसकेका छन्।

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह