Logo

महासंघको चलचित्र फोरममा स्थापित कलाकार, गायकदेखि निर्मातासम्म




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरममा स्थापित कलाकार, गायकदेखि निर्मातासम्म समेटिएका छन् ।

महासंघका कार्यकारिणी समिति सदस्य आकाश अधिकारीकोे सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरम सहसभापतिमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर चुनिएका छन् ।

फोरमका सदस्यहरूमा नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रविन्द्र कुमार रिजाल शशी, नेपाल कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, चलचित्र निर्देशक मदन घिमिरे, नेपाल चलचित्र निर्माता संघका सचिव छविराज ओझा, संगित तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल, प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तुलसी पराजुली रहेका छन् ।

फोरममा आमन्त्रित सदस्यहरूमा नेपाल बोटल वाटर इण्डष्ट्रिज एशोसिएसनका अध्यक्ष सुभाष भण्डारी, चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, गायिका इन्दिरा जोशी, नायिका नीता ढुंगाना, हास्यकलाकार केदार घिमिरे रहेका छन् ।

यस्तै, चलचित्र नृत्यकार संघका निवर्तमान अध्यक्ष दिनेश पाख्रिन, लोक गायिका प्रस्तोता मञ्जु पौडेल, रचना श्रेष्ठ, चलचित्र निर्देशक प्रदीप श्रेष्ठ, लेखक एवं पत्रकार सामिप्त तिमल्सिना, कलाकार धर्मेन्द्र आचार्य पनि आमन्त्रित सदस्य रहेका छन् ।

महासंघका अनुसार अन्य आमन्त्रित सदस्यहरुमा नायिका पवित्रा आचार्य, कलाकार, लेखक दिप्त प्रकाश अधिकारी, नेपाल उल फेल्ट प्रड्युसर एण्ड एक्सपोर्टका अध्यक्ष अमृत खड्का, चलचित्र सम्पादक शिव पुरी, व्यवसायी खुशल रेग्मी, गीतकार लोकराज अधिकारी, गायक मेघराज मगराती, कलाकार सुशान्तकुमार श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका सदस्य चेतन सापकोटा र फुटवेयर एसोसिएनबाट राजन श्रेष्ठ रहेको जनाइएको छ ।

फोरमका सल्लाहकारहरूमा वरिष्ठ कलाकार एवं महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य निर विक्रम शाह, गीतकार एवं वरिष्ठ चिकित्सक डा. भोला रिजाल, प्राध्यापक एवं चलचित्र निर्देशक राजेन्द्र सलभ, महासंघको पूर्व कार्यकारिणी समिति सदस्यद्वय कमला श्रेष्ठ र प्रेमाराज्य लक्ष्मी सिंह
रहेको जनाइएको छ ।

फोरम विस्तार कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले कुनै पनि मुलुकको कला संस्कृति भनेको त्यस देशको सवैभन्दा बलियो निधि भएको बताए ।

अध्यक्ष गोल्छाले समग्र चलचित्र र यससंग जोडिएका अन्य व्यवसायलाई सम्मानित ढंगबाट अगाडी लैजान र सम्पूर्ण कलाकार, गीतकार, सर्जकहरुको संरक्षणमा काम गर्न समेत फोरमलाई आग्रह गरे ।

चलचित्र तथा गित संगित उद्योगले आयात गर्ने उपकरणहरूमा राज्यले विशेष छुट दिनुपर्नेमा अध्यक्षको जोड थियो । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा राज्यको ध्यान जानुपर्ने भन्दै अध्यक्ष गोल्छाले यस क्षेत्रलाई अझबढी सम्मानित क्षेत्रको रूपमा स्थापित गराउने कार्यमा फोरमले विशेष भूमिका निर्वाह गर्ने आफ्नो विश्वास रहेको बताए ।

कार्यक्रममा महासंघ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली चलचित्र तथा गीत संगित क्षेत्रलाई अर्थतन्त्रको मूल हिस्सा बनाउनेतर्फ हाम्रो प्रयास हुनुपर्नेमा जोड दिँदै विशेष गरी श्रष्टा र सर्जकहरूको संरक्षण गर्न फोरमले कार्य गर्नेमा आफू विश्वस्त रहेको बताए ।

फोरम सभापति अधिकारीको अध्यक्षतामा बसेको बैठकले चलचित्र उद्योगले राष्ट्रिय मान्यता प्राप्त उद्योगको रुपमा समेटिएकाले समग्र चलचित्र तथा गीत संगित क्षेत्रको विकासका लागि सरकारले दिनुपर्ने सहयोग लगायतका विषयमा सुझाव संकलन गरी सरकारमा पेश गर्ने, विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत सम्बन्धित देशहरूमा नेपाली चलचित्र, गित संगितको प्रवद्र्धन, रोयल्टी तथा कपीराइट संरक्षण लगायतका विषयमा काम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्