Logo

Banner-news

इन्फ्रास्ट्रक्चर बैंकको सेयर दोस्रो दिन पनि १० प्रतिशतले बढ्यो, प्रतिकित्ता ४११ रुपैयाँ !


GDP Nepal
   ३ फाल्गुन २०७७, सोमबार


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर मूल्य दोस्रो दिन पनि १० प्रतिशतले बढेको छ ।

आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको यस बैंकको सेयर मूल्यमा लगानीकर्ताको उच्च आकर्षण रहेसँगै सोमबार ९.८९ प्रतिशतले बढेको छ ।

सोमबार प्रतिकित्ता ३९२ रुपैयाँमा कारोबार सुरु भएको इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ३७ रुपैयाँले वृद्धि भइ ४११ रुपैयाँमा पुगेको हो ।

यस बैंकको सेयर खरिदका लागि अहिले पनि ७ हजार ८८६ जनाले ३० लाख ३७ हजार कित्ता सेयर खरिद आदेश गरिरहे पनि बिक्री आदेश भने शून्य रहेको छ ।

दुई साताअघि मात्र यसको साधारण सेयर बाँडफाँड भएको थियो भने गत सातामात्र २० करोड कित्ता नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको थियो ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह