Logo

Banner-news

फैसलाले स्वेच्छाचारिता पराजीत, न्यायालय स्वतन्त्र र सक्षम भएको प्रमाणितः आचार्य


GDP Nepal
   ११ फाल्गुन २०७७, मंगलबार


काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले न्यायालय स्वतन्त्र र सक्षम छ भन्ने प्रमाणित भएको प्रतिक्रिया दिएका छन् ।

आचार्यले ट्वीट गर्दै यो फैसलाले संविधानको पवित्रता जोगिएको तथा स्वेच्छाचारिता पराजीत भएको टिप्पणी गरेका छन् । उनले विश्व रंगमञ्चमा नेपालको कानुनी व्यवस्था, न्यायालय र जनताको शाख उँचो भएको प्रतिक्रिया दिए ।

पुनर्स्थापित संसदले अरू कार्यभार पूरा गर्नु पर्ने आचार्यको भनाइ छ ।

आचार्यको ट्वीटः

फैसलाले न्यायलय अझै स्वतन्त्रत र सक्षम भन्ने कुरा स्थापित गरेको छ। संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारीता पराजीत भएको छ । विश्व मञ्चमा सिंगो देश,कानूनी व्यवस्था, न्यायलय र जनताको शाख उँचो भएको छ। अरू कार्यभार पुनस्थापित संसद र दलहरुले पूरा गर्नु पर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह