Logo

Banner-news

महासंघको द्विराष्ट्रिय एवं एनआरएन समन्वय फोरम पूर्ण, समावेशी प्रतिनिधित्व !


GDP Nepal
   १३ फाल्गुन २०७७, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य ई. देशबन्धु वस्नेत (अजित)को सभापतित्वमा गठित द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार भएको छ ।

फोरमको सह–सभापतिहरूमा एनआरएनए यूकेका कुल आचार्य, नेपाल इजिप्ट चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका अनोज रिमाल र निर्यात प्रवद्र्धन परिषद नेपालका हरि बहादुर कार्की रहेका छन् ।

फोरमका सदस्यहरूमा नेपाल ब्रिटेन चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका डा. मनिष थापा, नेपाल टर्कि चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका उमेश रायमाझी, नेपाल फिलिपिन्स चेम्वर अफ कमर्स ब्लेसी ग्याडोन ढकाल,
एनआरएनए यूएसएका ऋषिप्रसाद ढकाल र एनआरएनए थाइल्याण्डका खगेन्द्रराज ढकाल रहेका छन् ।

फोरमका विशेष आमन्त्रितमा एनआरएनए मिडिल इष्टका आर के शर्मा, एनआरएनए अफ्रिकाका हिक्मत थापा, एनआरएनए अष्टेलियाका दिपक कुमार खड्का, एनआरएनए यूरोपका पूर्ण हमाल, एनआरएनए कोरियाका सुवाष पौडेल रहेका छन् ।

यस्तै, एनआरएनए जापानका किरण थापा र आमन्त्रितहरुमा नेपाल कुवेत चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका पुष्पदास श्रेष्ठ, नेपाल वुल्गेरिया चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका महेशमान श्रेष्ठ, नेपाल जर्मन चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका शुवाशिष थपलिया, एनआरएनए यूएसएका चन्द्र प्रसाद ढकाल विशेष आमन्त्रित सदस्यमा मनोनित भएका छन् ।

फोरममा एनआरएनए मिडिल इष्टका रामेश्वर शाह, एनआरएनए जापानका प्रकाश घिमिरे, इम्पेरियल सेक्यूरिटिज प्रा.लि.का प्रकाश तिवारी, होटल सहन्साका अरनिको शाह र बी एण्ड एसोसिएट्सका सीए आशिष ढकाललाई पनि सदस्यमा मनोनित गरिएको छ ।
फोरमको सल्लाहकारहरूमा इक्वेडरका महावाणिज्यदूत शशीकान्त अग्रवाल, एनआरएनएका अध्यक्ष कुमार पन्त र नेपाल भारत उवासंघका कोषाध्यक्ष एवं महासंघका पूर्व कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान रहेका छन् ।

यस्तै, नाडाका निवर्तमान अध्यक्ष शम्भु दाहाल, महासंघको पूर्व कार्यकारिणी समिति सदस्य अजय मुडवरी, महासंघका कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, सार्क उवासंघका विजय मल्ल, महासंघको पूर्वकारिणी समिति सदस्य तथा नेपाल टर्की उवासंघका अध्यक्ष अखिल कुमार चापागाई सल्लाहकार मनोनित भए ।

फोरम विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि फोरमको अर्थपूर्ण सहयोग हुन सक्ने भन्दै यसमा लाग्न फोरमलाई सुझाव दिए ।

महासंघका विभिन्न समकक्षी अन्तराष्ट्रिय सस्थाहरुसंग विगतमा भएका सहमती सम्झौतालाई पुनरताजकी गर्न आवश्यक रहेको भन्दै फोरमले यसतर्फ पनि गम्भीर गृह कार्य गर्ने विश्वास आफूले लिएको गोल्छाले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले विभिन्न देशमा छरिएर रहेका करिव ५० लाख नेपालीहरू, नेपाली कुटनीतिक नियोगहरू, महासंघका समकक्षी अन्तराष्ट्रिय संघसंस्थाहरूसंग समन्वय सहकार्य गरी नेपालमा अन्तराष्ट्रिय लगानी ल्याउन फोरमले परिणामदायी कार्य गर्ने विश्वास आफूले गरेको बताउए ।

फोरमका सभापति वस्नेतको अध्यक्षतामा वसेको पहिलो बैठकले नेपालमा विदेशी तथा गैर आवासीय नेपालीहरूको लगानी भित्रयाई उद्योग व्यवसाय प्रवद्र्धन तथा रोजगारी सिर्जनामा अधिकतम प्रयास गर्ने, व्यापार व्यवसाय विस्तारको सम्भाव्यताको अध्ययन गरी व्यवसाय प्रवद्र्धन गर्न पहल गर्ने, नेपालमा लगानी भित्रयाउन तथा नेपाली उत्पादनको निर्यात बढाउने मेला तथा गोष्ठीको आयोजना गर्ने लगायतको प्रतिवद्धता जनाएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह