Logo

Banner-news

एनआईबीएल ३५ वर्ष पूराः १२ लाख ग्राहक, १५५ अर्ब कर्जा प्रवाह


GDP Nepal
   १४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौं। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले स्थापनाको ३५ औं वर्ष पूरा गरेको जनाएको छ। बैंकले यो अवधिमा सेवाको क्षेत्र विस्तार गर्दैै १२ लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्याएको र कूल १३५ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले १ खर्ब ६९ रुपैयाँ निक्षेप संकलन पनि गरेको छ ।


बैंकको देशका सातै प्रदेशहरूमा फैलिएका ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ। यस्तै, बैंकले ५ अर्ब भन्दा बढीको देशभरि वित्तीय आवश्यता बढी रहेका ३० हजारभन्दा बढी व्यक्तिलाई सिधै लघु कर्जा उपलब्ध गराएको छ।

३५ औं वार्षिकोत्सवका अवसरमा बैंकले शुक्रबार कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति ऐक्यबद्धता प्रकट गर्नका लागि ुसम्मान र्‍यालीु को आयोजना गरेको छ। यसबाहेक, बैंकले स्वास्थ्यकर्मीहरूको लागि उचित ब्याज दरमा प्रवर्द्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ।

 

विपन्न वर्ग तथा राष्ट्रिय राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्‍याउँदै आएको बैंकले जनाएको छ।

 

बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, इ(कमर्स ९ई–कम०रअनलाइन भुक्तानी र एसएमईरखुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ।

यस अवसरमा बैंकले आफ्नो तेस्रो चित्रकथा “हाम्रोे सुख–दुःखका साथी, बैंक कति जाती” नामक पुस्तक पनि सार्वजनिक गरेको छ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह