Logo

सूचना/प्रविधि

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलको ‘सहयात्री सिम’


GDP Nepal
   १५ फाल्गुन २०७७, शनिबार


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमको मुख्य विशेषता हुन् ।

यो सिम योजना शुक्रबार (फाल्गुन १४) बाट संचालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत यो योजना ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

सहयात्री सिमको उदेश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुर्याउनु रहेको छ । यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएका व्यक्तिहरुको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका छन् ।

उदाहरणका लागि नेपालमा नै रहेको समयमा यहाँ रोजगारीका अवसर खोज्न एनसेल जबसपले मद्दत गर्दछ । त्यसैगरी यसमा लोकल दरमा नेपालबाट भारतमा कल गर्न सकिने अफर पनि रहेको छ ।

यो सिम ग्राहकले कर सहित मात्र ९९ रुपैयाँमा लिन सक्छन् र सिमसँगै २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ ।

यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपालकल गर्न वा आफू रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् ।

यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ् सेवा ग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् ।

यो सिमअर्थात योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कलदिन सकिने सुविधा रहेको छ । साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक १.९९ रुपैयाँ प्रतिमिनेटमा कल गर्न सकिने सुविधा रहेको छ ।

यी विशेषता कारणले गर्दा विदेशमा रहेका आफन्त र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहिरहनका लागि यो सिम एक उत्तम सेवाहो ।

यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्कपहुँच पाउँछन् । एक महिनापश्चात ग्राहकले मासिक जब सप प्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन् ।

सहयात्री सिम लिन ग्राहकको नागरिकता र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिमआफुलाई पायक पर्ने एनसेल सेन्टर वाएनसेलको आधिकारिक बिक्रेताबाट लिन सक्छन् । एनसेल जब निःशुल्क चलाउन सकिने पनि रहेको छ ।

प्रकाशित : १५ फाल्गुन २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह