Logo

Banner-news

आर्थिक वृद्धि ऋणात्मक, अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब


GDP Nepal
   २० फाल्गुन २०७७, बिहिबार


काठमाडौं । नेपाली अर्थतन्त्रको आकार अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब पुगेको छ । अर्थतन्त्रको आकार बढेको देखिए पनि आर्थिक वृद्धि भने ऋणात्मक देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक रह्यो । २०४० सालपछि पहिलोपटक आर्थिक वर्ष २०७७–७८ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको हो ।

विभागले कोभिड–१९ महामारीले पर्यटन क्षेत्र तथा औद्योगिक उत्पादन र उपभोग कमजोर बनाउँदा आर्थिक वृद्धिदर ऋणात्मक भएको जनाएको छ

आर्थिक वृद्धि ऋणात्मक हुने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक वृद्धिदर पनि ४.६ प्रतिशतले ऋणात्मक रहेको छ ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय लेखाको आधार वर्ष सन् २०००–०१ बाट सन् २०१०–११ लाई आधार मानेकाले आर्थिक वर्ष २०७६–७७ मा अर्थतन्त्रको आकार भने ३९ खर्ब ४३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यसअघि आर्थिक वृद्धिदर २.२७ प्रतिशत कायम हुँदा पनि ३७ खर्ब ६७ अर्ब हुने केन्द्रीय तथ्यांक विभागको अनुमान रहेको थियो ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह