Logo

Banner-news

हस्तकला तालिम लिएर पनि जागिर खोज्दै हिंड्छन् भने हामीले किन लगानी गर्ने ?


GDP Nepal
   २३ फाल्गुन २०७७, आइतबार


काठमाडौं । हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन भन्ने नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपृुरमा महिला हस्तकला मेला सुरु भएको छ ।

ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेलाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला उद्यमशिलता प्रवद्र्धनका लागि महानगरपालिकाले सयौं व्यक्तिलाई तालिम दिएपनि उनीहरु हस्तकला व्यवसायमा नलागी नोकरीका लागि भौतारिने गरेको भन्दै असन्तुष्टी व्यक्त गरे ।

महर्जनले भने, ‘हस्तकला उद्यशीलता प्रवद्र्धनका लागि हामीले तालिम, गोष्टीमा धेरै खर्च ग¥यौं तर तालिम लिनेहरु उद्यमशिलतातर्फ नलागि नोकरी खोज्दै हिँड्ने गरेको पाइयो, अब महानगरपालिकाले यस्ता उपलव्धी विहीन तालिम गोष्ठीमा खर्च गर्ने छैन ।

महर्जनले हस्तकलाको प्रवद्र्धनका लागि महानगरपालिका परिसरमा हप्तैपिच्छे मेला आयोजना गर्न महानगरपालिकाले मेलास्थल निशुल्क उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

महानगर परिसभित्र मात्र नभइ ललितपुरका सडक परिसरमा समेत रातको समयमा हाट बजार संचालन गरी आफ्नो उत्पादनको प्रवद्र्धन गर्न सकिने उनको भनाइ थियो ।

महानगरपालिकाले मुख्य सडक तथा बजार क्षेत्रमा रातको समयमा पनि लाइटको व्यवस्था गरेका कारण रातको समयमा पनि दिनमा जस्तै उज्यालो हुने भएकोले रातको समयमा पनि हाट बजार संचालन गर्न सकिने उनले जानकारी गराए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले निर्यात व्यापारमा नेपाली हस्तकलाको महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा महिला हस्तकला उद्यमीसँग पनि मेला, प्रदर्शनीहरुमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले कोरानाका कारण सिथिल बनेको हस्तकला प्रवद्र्र्धनमा मेलाबाट थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मेला संयोजक सविता सिंह महर्जनले कोरोनाबाट थलिएको हस्तकलाको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताइन् । उनले मेलामा करिब ५० स्टल रहेको जानकारी गराउँदै उत्कृष्ट एक स्टललाई पुुस्कृत गरिने घोषणासमेत गरिन् ।

सो अवसरमा ललितपुर महानगरपालिका अन्तर्गको हस्तकला प्रवद्र्धन समितिका संयोजक सुरेशमान महर्जन, उपमेयर गीता सत्याल लगायत ले उद्यमशिलता विना महिला शसक्तिकरण हुन नसक्ने भन्दै महिलालाई आर्थिक रुपमा सम्पन्न गराउन विना धितो कर्जाको व्यवस्थाका लागि महानगरपालिकाले पहल गर्ने प्रतिवद्धता जनाए ।

फागुन २४ गतेसम्म संचालन हुने मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका सामान, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामान ,सीसाजन्य सामानका साथै वैक तथा वित्तीय संस्था गरी करिब ५० स्टल रहेको आयोजकले जनाएको छ ।

मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिबासी उद्यमीका साथै अपाङगता भएका महिलाका उत्पादन पनि रहेका छन् । महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन÷ नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजार बिकास र प्रबद्र्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी,व्यवसायीलाई उत्पादक, खरिदकर्ता, बिक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह