Logo

कर्पोरेट-बजार

मध्यपूर्वी कबाबको स्वाद अब काठमाडौंमै, खुल्यो अलेभ कबाब सल्टनेट


GDP Nepal
   २३ फाल्गुन २०७७, आइतबार


काठमाडौं । राजधानीको टंगालमा अलेभ कबाब सल्टनेट खुलेको छ । स्वादिला मध्यपूर्वी खानाका पारखीहरुलाई लक्षित गर्दै यो रेष्टुरेन्ट खुलेको हो ।

रेष्टुरेन्टमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितका व्यवसायीको लगानी छ ।

श्रेष्ठका अनुसार नेपालमा बहुराष्ट्रिय खानाका पारखीहरु बढिरहे पनि विदेशमा खाएजस्तै गुणस्तर र स्वादको अभावलाई मध्यनजर गर्दै यो रेष्टुरेन्ट खोलिएको हो ।

काठमाडौंसहित मुलुकभर यसको सञ्जाल विस्तार गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।

अलेभ कबाब सल्टनेटमा हाल टर्कीबाट सेफ झिकाएर नेपाली कर्मचारीलाई प्रशिक्षण दिने काम भइरहेको छ भने मसला तथा आधारभूत पदार्थहरुको आयात गरी स्वादिला परिकारहरु तयार पार्ने गरिएको छ ।

मध्यपूर्वका पाक संस्कृति विश्वमै उत्कृष्ठ मानिन्छन् । यस क्षेत्रका परिकारहरुमा अलिम, मह, तिल, पुदिनाको प्रयोग बढी हुने गर्दछ ।

अलेभ कबाब सल्टनेटमा कबाबसहित बाकलाभा, डोल्का, दही, डोनर कबाब, सौर्मालगायतका परिकार ग्राहकले बढी रुचाउने गरेका छन् ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह