Logo

Banner-news

सीएनआईको ‘मेक इन नेपाल’ अभियान सुरु, बर्सेनि १ हजार उद्योगको लक्ष्य


GDP Nepal
   २४ फाल्गुन २०७७, सोमबार


काठमाडौं । नेपाल उद्योग परिसंघले प्रत्येक वर्ष १ हजार उद्योग सञ्चालनको लक्ष्यसहित सोमबारदेखि मेक इन नेपाल अभियान सुरु गर्दैछ ।

मेक इन नेपालः स्वदेशी अभियान अन्तर्गत कूल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने लक्ष्य लिइएको छ ।

हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने लगायतका लक्ष्य राखिएका छन् ।

परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलका अनुसार मेक इन नेपाल अभियानले उत्पादन स्तम्भहरू क्रमशः नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण बनाउने, आयात प्रतिस्थापन, पूर्वाधारमा पूँजी खर्च, सेवा क्षेत्रको आधुनिकिकरण र खपत स्तम्भहरू क्रमशः स्वदेशी वस्तुको उपभोग, सरकारले स्वदेशी उत्पादनहरुको उपभोगलाई प्राथमिकता दिने र स्थानीय उत्पादनलाई वैदेशिक वजार खोज्ने लगायतका विषयमा योजना बनाएको छ ।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह