Logo

कर्पोरेट-बजार

बर्दियामा क्षेत्रीय होटल संघ गठन, अध्यक्षमा मोहन चौधरी !


GDP Nepal
   ५ चैत्र २०७७, बिहिबार


काठमाडौं । होटल संघ नेपालको १६औं शाखाको रुपमा क्षेत्रीय होटल संघ गठन भएको छ । संघको बर्दियामा आयोजित कार्यसमितिको बैठकले उक्त शाखाको विधिवत रुपमा अनुमोदन गरी संघका अध्यक्ष सृजना राणाले क्षेत्रीय होटल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीलाई आवद्धताको प्रमाणपत्र हस्तान्तरण गरिन् ।

अध्यक्ष राणाले संघमा आवद्ध भएकोमा बर्दियाका होटल व्यवसायीहरुलाई धन्यवाद दिँदै होटल संघ नेपाल केन्द्रले बर्दिया क्षेत्रका समग्र पर्यटन विशेष गरी होटल उद्योगलाई संरक्षण, प्रवद्र्धन र विशेष गरी यस परिस्थितिमा कसरी होटल सञ्चालन गर्ने भन्ने प्रशिक्षण तथा तालिमको आयोजना गरी यस क्षेत्रको उत्थानमा गर्न संघले अहम भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरिन् ।

राणाले अति प्रभावित क्षेत्र होटल उद्योगलाई डिमाण्ड चार्ज छुट उपलब्ध गराउन विभिन्न निकायमा गरेको निन्तर प्रयासलाई राज्य सकारात्मक रुपमा लिई डिमाण्ड चार्जसम्बन्धी छुट दिएको पनि स्पष्ट पारिन् । आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यले संघले सातवटै प्रदेशमा अन्तरक्रियाको आयोजना गरिने पनि अध्यक्ष राणाले बताइन् ।

उक्त अवसरमा संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल संघ नेपालबारे प्रस्तुतिकरण गरे भने महासचिव साजन शाक्यले संघले गरिआएको कामकारबाही बारे जानकारी गराए ।

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह