Logo

सिभिल लघुवित्तको नवौं वार्षिक साधारणसभा, सञ्चालकमा आचार्य निर्विरोध




काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)को नवौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएकोे छ ।

वित्तीय संंस्थाका अध्यक्ष सचिनजंग रायमाझीकोे सभापतित्वमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लाभांश पारित गरेको छ ।

संस्थामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालकमा सुनिता आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।

सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विगत केही वर्ष यतादेखि आशालाग्दो तरीकाबाट व्यवसाय विस्तार गरेको भन्दै सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिए ।

कार्यक्रमका अध्यक्ष रायमाझीले वित्तीय संस्थाले हालसम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ जिल्लामा ४४ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८लाख बचत संकलन गरी २ अर्ब ४ करोड लगानी गरेकोे जानकारी दिए ।

उनका अनुसार निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्