Logo

Banner-news

टेलिकम सञ्चालकमा पौडेल निर्विरोध, अब्बल प्रतिफलको प्रतिवद्धता पूरा होला ?


GDP Nepal
   ६ चैत्र २०७७, शुक्रबार


काठमाडौं । नेपाल टेलिकमको सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित हुने भएका छन् । बिहीबारसम्ममा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा उम्मेदवारी दिने मिति तोकिएकोमा पौडेलको मात्र उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित हुने भएका हुन् ।

चैत १३ गते हुने बार्षिक साधारणसभाले उनको चयनलाई अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।

अम्बिकाप्रसाद पौडेल

पौडेल सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेस्टर्स फोरमको पूर्व अध्यक्ष हुन् भने उनले यसअघि विभिन्न पब्लिक कम्पनीमा सञ्चालकको भूमिका निर्वाह गरिसकेका छन् ।

सेयर लगानीकर्ता तथा विश्लेषक पौडेल हाथवे इन्भेष्टमेन्टका सञ्चालक समेत हुन् । उनले आफू निर्वाचित भएसँगै सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने सञ्चालकबीच समन्वय कायम गर्दै आफ्नो लगानीसम्बन्धी ज्ञान अनुभव र वुद्धि विवेकको उच्चतम प्रयोग गर्दै नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनका अनुसार नेपाल टेलिकमले आफ्नो पूँजी र सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सही किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबै भन्दा बढी राजश्व दिने, कर्मचारीहरुलाई सबै भन्दा बढी वोनस दिने र लगानीकर्ताहरुलाई सबैभन्दा बढि प्रतिफल दिने र पुँजीबजारको सबैभन्दा उत्कृष्ट सूचीकृत कम्पनी हुनसक्ने अवस्था देखिन्छ ।

टेलिकममा सरकारको ९१.४९ प्रतिशत, सर्वसाधारण ८.४८ प्रतिशत सेयर लगानी छ । यसमध्ये ४.५ प्रतिशत कर्मचारी र ३.९८ प्रतिशत सर्वसाधारणको छ । नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ ।

१५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनी असार मसान्तसम्म सञ्चित मुनाफा ७८ अर्ब रुपैयाँ छ ।

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह