Logo

Banner-news

योगेश भट्टराईका विश्वासपात्र बलबहादुर तामाङ कांग्रेस प्रवेश !


GDP Nepal
   १८ चैत्र २०७७, बुधबार


काठमाडौं । नेकपा एमाले ताप्लेजुङका नेता बलबहादुर तामाङ नेपाली कांग्रेस प्रवेश गरेका छन् । तामाङ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत हुन् ।

एमालेका प्रभावशाली युवा नेता योगेश भट्टराईका विश्वासपात्र मानिएका तामाङ एमालेको सांगठनिक गतिविधिमा पनि निकै सक्रिय थिए । म्यानपावरबाहेक हाइड्रोपावर लगायतका व्यवसायमा आवद्ध तामाङ बुधबार कांग्रेस प्रवेश गरेका हुन् ।

तामाङलाई कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराए ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेका अनुसार वैदेशिक रोजगार ब्यबसायी संघका पुर्ब अध्यक्ष तामाङ सयौं एमाले कार्यकर्ताका साथ नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह