Logo

Banner-news

अन्ततः अजोड इन्स्योरेन्सको ‘इन्साइडर ट्रेडिङ’माथि छानबिन गरिने


GDP Nepal
   २४ चैत्र २०७७, मंगलबार


काठमाडौं । अजोड इन्स्योरेन्सको सेयरमा गतसाता भएको इन्साइडर ट्रेडिङमाथि अन्ततः छानबिन गरिने भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नै छानबिन प्रक्रिया अघि बढाएको हो ।

बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको जनाएको छ ।

चैत १६ गते भएको कारोबार शंकास्पद देखिएपछि यसलाई इन्साइडर ट्रेडिङको संज्ञा दिइएको थियो । इन्स्योरेन्सको सेयर मूल्य अस्वाभाविक रुपमा बढाइएको थियो ।

बोर्डले उक्त कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिएका छन् ।

कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै शेयर कारोबारमा वृद्धि भएको भन्दै बोर्डमा गुनासो प्राप्त भएको जनाइएको छ । त्यसदिनको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरिएको बोर्डले जनाएको छ ।

कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डको भनाइ छ । धितोपत्र बजारका स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गर्दै बोर्डले गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह