Logo

Banner-news

भक्तपुरको लोकप्रिय बिस्का जात्राको फोटो प्रदर्शनी अनलाइनबाटै


GDP Nepal
   २७ चैत्र २०७७, शुक्रबार


काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ह्यास फोटोनेपाल #photoNepal प्रदर्शनी अन्तर्गत भक्तपुर जिल्लामा मनाइँदै आएको बिस्का जात्राको फोटो प्रदर्शनीमा राखिने भएको छ ।

बिस्का जात्राको आकर्षण समावेश गरिएको फोटोहरुको प्रदर्शनी जात्रा मनाइने मिति मै मिल्ने गरी २०७७ चैत्र २८ देखि २०७८ वैशाख ५ सम्म हुने भएको छ ।

यसपालिको प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल www.photonepal.travel मा अनलाइन गरिएको छ । भक्तपुर पर्यटन विकास समिति, गो लोकल को सहकार्यमा प्रदर्शनी र जात्राको अनलाइन पहँुच बढाउन समेत यी संस्थाहरुको पहलमा विविध कार्यक्रमहरु भइरहेको छ ।


भक्तपुर जिल्ला कै फोटोग्राफर चन्द्र चक्रधरका छानिएका ३० फोटोहरु प्रदर्शनीमा राखिएको छ । फोटोहरु यो लिंकमा हेर्न सकिन्छ

https://photonepal.travel/category/-

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले पाँच वर्षदेखि आयोजित फोटोनेपालले भक्तपुर पर्यटन विकास समिति र गो लोकलको साथ पाएर अझ बढी ब्यापक भएको बताए ।

रेग्मीले सबैमा फोटो अवलोकन गर्न र आफ्नो सञ्जालहरुमा जानकारीहरु राखी बिस्का जात्राका, भक्तपुर जिल्लाको र समग्रमा नेपाली संस्कृतिको पहँुच बढाइदिनुहुन अनुरोध गरे ।

Biska Jatra – Bhaktapur
Biska Jatra – Bhaktapur
Biska Jatra – Bhaktapur
Biska Jatra – Bhaktapur

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह