Logo

Banner-news

गण्डकीका प्रदेश सांसद गुरुङ गलैंचा उत्पादक तथा निकासीकर्ता संघ अध्यक्षमा निर्वाचित


GDP Nepal
   ३१ चैत्र २०७७, मंगलबार


काठमाडौं । नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको अध्यक्षमा व्यवसायी रामबहादुर गुरुङ पुनः निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाले गण्डकी प्रदेशका सांसद समेत रहेका हिमालयन डेकोर रग्सका सञ्चालक गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । दुई वर्षे कार्यकाल रहेको संघमा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा एनपी रग्सका तेञ्जिङ शेर्पा तथा तीन उपाध्यक्षमा सेन्टर रग क्राफ्टका समिरविक्रम शाह, निमा कार्पेटका निमा लामा र महाबुद्ध कार्पेटका हिराबहादुर लामा निर्वाचित भए । महासचिवमा क्लासिक कष्टम रगका दावा शेर्पा तथा सचिवमा एभरेष्ट लुमका बलबहादुर गुरुङ र सूर्य रग्स हाउसका देवआनन्द सरावगी निर्वाचित भए । यस्तै कोषाध्यक्षमा त्रिपुरा कार्पेटका दानबहादुर चन्द ठकुरी र सह कोषाध्यक्षमा राधा कार्पेटका राधा पन्त निर्वाचित भइन् ।

संघको सदस्यहरुमा छिरिङ लामा, नरहरि थापा, छत्रबहादुर श्रेष्ठ, ङिमा जाङबो शेर्पा, सुकुमान योञ्जन, छिरिङ शेर्पा, जेठा तामाङ, राजेशकुमार रायमाझी, नवाङ छिमे लामा, दवाछिरी शेर्पा र सोनाम लामा निर्वाचित भएका छन् ।

साधारणसभाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरे ।

प्रकाशित : ३१ चैत्र २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह