Logo

Banner-news

‘नेपालमा मजदूर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ, हडताल हुने अवस्था छैन’


GDP Nepal
   १ बैशाख २०७८, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मजदूर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिने र हडताल हुने अवस्था नरहेको बताएका छन् ।

नयाँ वर्ष २०७८ का अवसरमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट विभिन्न देशमा रहेका नेपालीलाई जुममार्फत सम्बोधन गर्दै ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा नै गर्नु उपयोगी हुने सन्देश विदेशीसम्म पु¥याउनसमेत आग्रह गरे ।

“नेपालमा मजदूर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ, हडताल हुने अवस्था छैन भन्ने सन्देश आफू रहेको देशका लगानीकर्तालाई पु¥याइ दिनुहोस्”, उनले भने ।

विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरे । नेपालमा शान्तिपूर्ण र अनुकूल व्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैँले समेत नेपालमै लगानी गर्न विश्वरभरका गैर आवासीय नेपालीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीले राजनीतिक अधिकारबाहेक सबै हक अधिकार समान ढङ्गले पाउनेसमेत बताए ।

“तपाईहरुले विदेशको नागरिकता लिनुभएको छैन भने स्वदेशमा राजनीतिक अधिकारसमेत पाइन्छ”, उनले भन । उनले आफू बसेको देश वा जन्मभूमि नेपालमध्ये कहाँको नागरिकता लिने भन्नेमा छनोट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको धारणा राखे ।

प्रधानमन्त्री ओलीले नेपाली जनता देशभित्र वा बाहिर जहाँ भए पनि सरकारले फरक भावनाले नहेर्ने बताए । “वर्तमान सरकार नेपाली डायस्पोराप्रति अत्यन्त प्रेमभाव र सहयोगी भाव राख्दछ तथा नेपाली हुनुको गौरव कायम रहोस् भन्ने चाहन्छ”, उनले भने ।

भर्चुअल कार्यक्रममा नेपालबाट प्रधानमन्त्री ओलीसँगै उहाँका परराष्ट्र मामिलाविज्ञ डा राजन भट्टराई, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष भक्त गुरुङ, नेपालका लागि विभिन्न देशमा कार्यरत राजदूत, गैरआवासीय नेपाल सङ्घका पदाधिकारी सहभागी थिए ।

प्रकाशित : १ बैशाख २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह