Logo

बिजनेस होम

संघीय निजामति ऐनविरुद्ध उत्रिएका कर्मचारीमाथि प्रहरी दमन, सिंहदरबारबाट ४ पक्राउ


GDP Nepal
   २ बैशाख २०७८, बिहिबार


काठमाडौं । प्रस्तावित संघीय निजामति सेवा ऐनमा राखिएका कतिपय प्रावधानप्रति आपत्ति जनाउँदै निजामति कर्मचारीहरुले गरेका शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहीबार बिहान कार्यालय समय शुरु भएपछि निजामति सेवाको राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारी (नायब सुब्बा)सहितले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शन सकिनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनमा सहभागी एक कर्मचारीले बताए । प्रहरीले सिंहदरबार भित्रैबाट ४ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएको जनाइएको छ ।

राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा बिहीबार बिहान निजामति कर्मचारीहरुले सिंहदरबारमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रस्तावित संघीय निजामति ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृत्ति विकासमा असर पार्ने भन्दै कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित : २ बैशाख २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह