Logo

Banner-news

ललितपुर महानगरमा पर्यटकका लागि निःशुल्क बिजुली बस


GDP Nepal
   ६ बैशाख २०७८, सोमबार


ललितपुर । ललितपुरमा पर्यटकका लागि निःशुल्क बिजुली बस सञ्चालन हुने भएको छ । ललितपुर महानगरपालिकाले आन्तरिक तथा बाह्रय पर्यटकहरुका लागि निःशुल्क विजुली बस संचालनमा ल्याउन लागेको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार ललितपुरमा पर्यटन प्रबद्र्धनका लागि महानगरपालिकाले छिट्टै नै बिजुली बस सञ्चालन गर्न लागेको हो । ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको पदयात्रा कार्यक्रममा मेयर महर्जनले ललितपुरलाई पर्यटकमैत्री सहर बनाइने बताए ।

संघले पाटनढोका देखि मंगलबजारसम्मको सम्पदा पदयात्रा आयोजना गरेको थियो भने यस पदयात्राको उदघाटन ललितपुर महानगरपालिकाका मेयर महर्जनले गरेका थिए ।

पदयात्रा कार्यक्रममा श्रीलंकाका राजदुत, नेपालका लागि विश्व बैंकका ओपिसी म्यानेजर, अमेरीकन दुतावासका मानव अधिकार अधिकृत, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक, पर्यटन प्रहरी प्रमुख सहभागी थिए ।

पर्यटनसँग सम्बन्धित संस्थाहरु ट्रेकिङ्ग एशोसियसन अफ नेपालका अध्यक्ष, होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष, टुरिष्ट गाइड एशोसियसन अफ नेपालका अध्यक्ष, चाइनिज गाईड एशोसियसन अफ नेपालका अध्यक्ष, जिल्लाका विभिन्न वस्तुगत संघ तथा समाजका अध्यक्षहरु लगायतको कार्यक्रममा सहभागीता थियो ।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंले ललितपुरमा पर्यटन गतिविधि बढाउन हाम्रा पुर्खाहरुले छोडेर गएका ऐतिहासिक धरोहरहरुको जगेर्ना गर्दै यहांका मूर्त अमूर्त संस्कृतिका साथै पर्यटकिय स्थललाई आन्तरिक तथा बाह्रय पर्यटकलाई चिनाउन विविध कार्यक्रमहरु गर्नु पर्ने बताए ।

ललितपुर जिल्लाको पर्यटन प्रबद्र्धनका लागि विश्व सम्पदा दिवसको अवसरमा ललितपुर उद्योग वाणिज्य संघले ललितपुरका पाँच नाका पाटनढोका, पुल्चोक, लगनखेल, महाबौद्ध र बालकुमारीलाई पहिचान गरि सार्वजनिक गरिएको छ ।

अध्यक्ष न्याछोंका अनुसार ललितपुर नगरलाई विश्व कला परिषदबाट कला नगरी धोषणा भई सक्दा पनि उचित प्रचार प्रसारको अभावले यहाँ सोचे अनुरुप पर्यटकहरु आउन सकेका छैनन् ।

संघका पर्यटन तथा सांस्कृति प्रबद्र्धन समितिका संयोजक एवं कार्यसमिति सदस्य आपुलाल अवालेले जिल्लामा पर्यटन प्रबद्र्धनका लागि हरेक महिनाको अन्तिम शनिबार संघले पहिचान गरेका यी पाँच रुटमा सम्पदा पययात्रा गर्नुका साथै पाटनको चिनारी पुस्तक, पर्चा, नक्सा छाप्ने तयारी गरिरहेको बताए ।

पाटनढोकाबाट शुरु भएको पदयात्रा पिम्बहाल, नबहिल, न्याखचुक, नागबहाल, हिरण्यमहाविहार, बंगलामुखी ज्यापु समाज भवन हुदै मंगबजार पुगेर समापन गरिएको थियो ।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह