Logo

Banner-news

व्यक्तिगत आयकर छुटको सीमा ७ लाख पुर्‍याउन महासंघको माग


GDP Nepal
   १२ बैशाख २०७८, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आयकर सीमा बढाउन माग गरेको छ । महासंघले व्यक्तिको आयकर छुट ७ लाख र दम्पतिको हकमा ८ लाख रुपैयाँसम्मको कर छुट हुनुपर्ने माग गरेको हो ।

महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको सुझावमा कर छुटको सीमा बढाउन माग गरिएको छ ।

हाल व्यक्तिगत आयकर छुटको सीमा ४ लाख तथा दम्पत्तिका हकमा साढे ४ लाख रहेको छ ।

महासंघले पारिश्रमिक आयकरको वर्तमान स्ल्याव न्यूनीकरण गरी ५, १५, २५ प्रतिशत गरिनु पर्ने माग पनि गरेको छ ।

यस्तै, बैंक तथा वित्तीय क्षेत्रमा कायम रहेको ३० प्रतिशत करको दरलाई घटाउनुपर्ने माग गरिएको छ भने प्रोप्राइटरसिप फर्मलाई सरचार्ज नलाग्ने व्यवस्था गर्नुपर्ने तथा कार्गो व्यवसायमा लाग्दै आएको टीडीएस हटाउनुपर्ने माग गरिएको छ ।

करदाताले माग गरेमा समायोजन पछि बढी भएको टीडीएस, अग्रीम आयकरको रकम ३० दिन भित्र फिर्ता दिनुपर्ने माग पनि गरिएको छ ।

प्रकाशित : १२ बैशाख २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह