Logo

Banner-news

राजनीतिक संकट टार्न सरकारले गर्‍यो हवाई उडान बन्दको निर्णय !


GDP Nepal
   १९ बैशाख २०७८, आइतबार


काठमाडौं । सरकारले आन्तरिक तथा वाह्य हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड संक्रमण भयावह रुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने सरकारको निर्णय छ ।

सोमबार राति १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ भने वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

तर, सरकारको यो निर्णय आवश्यकताका आधारमा भन्दा राजनीतिक संकट टार्ने अस्त्रका रुपमा हेरिएको छ । आन्तरिक हवाई उडानमा प्रोटोकल पालना भइरहेकाले यो तुलनात्मक रुपमा सुरक्षित नै मानिएको छ । तर, सरकार अल्पमतमा परिसकेको र सत्ता छाड्न सर्वत्र दबाब परिरहेका कारण यसलाई अस्त्रका रुपमा उपयोग गरिएको अनुमान गरिएको छ ।

आइतबार सेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र २२ गतेदेखि वाह्य उडान बन्द हुनेछन् । तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ।

कोभिड संक्रमण रोकथाम निर्देशक समिति सीसीएमसीको सिफारिस अनुसार सरकारले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो।

प्रकाशित : १९ बैशाख २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह