Logo

Banner-news

महिला लघुवित्तको सेयर बन्यो ब्लु चीप, १० कित्ताबाट दुई महिनामै ३७ हजार कमाई !


GDP Nepal
   २० बैशाख २०७८, सोमबार


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर नेपाली पुँजी बजारमा ब्लुचीप बन्ने दिशामा अघि बढिरहेको छ । फागुन तेस्रो साता नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको महिला लघुवित्तको सेयर मूल्य सोमबारसम्ममा ३ हजार ७ सय ८० रुपैयाँ पुगिसकेको छ ।

निरन्तर सर्किट ब्रेकर लाग्दै अगाडि बढिरहेको यसको सेयर मूल्य ४ हजार रुपैयाँ नाघेपछि भने स्थिर रहने अनुमान गरिएको छ । कम्पनीको वित्तीय अवस्था राम्रो रहेको र दोस्रो बजारमा सेयर संख्या पनि कम रहेका कारण मूल्य बढेको हो ।

सोमबारको सेयर कारोबारमा समग्र बजार परिसूचक (नेप्से) १२.३५ अंकले घट्दा महिला लघुवित्तको सेयर मूल्य भने ९.९८ प्रतिशत अर्थात ३४३ रुपैयाँले वृद्धि भएको छ ।

यसरी हेर्दा १ हजार रुपैयाँ लगानी गरेर १० कित्ता प्राप्त गर्ने भाग्यमानी सेयरधनीले पछिल्लो दुई महिना अवधिमा ३६ हजार ८ सय रुपैयाँ नाफा कमाइसकेका छन् ।

यसैबीच, सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक सोमबार १२.३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ ।

कारोबार रकममा भने सुधार देखिएको छ । एक करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : २० बैशाख २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह