Logo

Banner-news

‘दिदी’लाई पश्चिम बंगालमा तेस्रोपटक मुख्यमन्त्रीको जिम्मेवारी, आज सपथ !


GDP Nepal
   २२ बैशाख २०७८, बुधबार


कोलकाता (एजेन्सी) । दिदी उपनामले लोकप्रिय ममता बेनर्जी भारतको पश्चिम बंगाल राज्यमा तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्ने भएकी छन् । तृणमुल कांग्रेस नामक क्षेत्रीय दलकी नेतृ बेनर्जीले बुधबार सपथ लिनेछिन् ।

तृणमुल कांग्रेसले विधान सभाको चुनावमा दुई तिहाइ बहुमत पाएको थियो । प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा सपथ लिने जनाइएको छ ।

मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताए पनि बेनर्जी आफू भने पराजित भएकी थिइन्। नन्दीग्राम चुनाव क्षेत्रमा उनी तृणमूल कंग्रेस छोडेर गएका उनको क्याबिनेटका पूर्वमन्त्री शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन्।

चुनाव हारे पनि बेनर्जीलाई भारतीय संविधानले तेस्रो कार्यकालका लागि मुख्यमन्त्री रोकेको छैन।

भारतीय संविधानले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ।

बेनर्जीले उक्त धाराअनुसार मुख्यमन्त्रीको सपथ लिने र छ महिनाभित्र कुनै क्षेत्रमा उपनिर्वाचन गराएर जितेर आउने सम्भावना छ।

पश्चिम बंगालमा पार्टीलाई दुई तिहाइ बढी बहुमत दिलाएकी बेनर्जीले यसरी मुख्यमन्त्री बन्नु संवैधानिक, राजनीतिक र नैतिक रूपले पनि स्वीकार्य हुने विश्लेषकहरूले बताएका छन् ।

बेनर्जीको सपथमा कोरोनाभाइरस महामारीका कारण थोरै मानिसमात्र सहभागी हुनेछन् ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह