Logo

Banner-news

प्रशासनको निशानामा फुटपाथ व्यवसाय, साँघुरा मलमा नसर्ने कोरोना फुटपाथबाट कसरी सर्छ ?


GDP Nepal
   २३ बैशाख २०७८, बिहिबार


काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप कडाइ सुरु गरेको छ । साँझ पसल खोल्न नदिने निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ भने बिहान पनि ९ बजेसम्म मात्रै पसल खुला हुनेछन् ।

प्रशानले फुटपाथ व्यवसाय बन्द गराउन थालेको छ । तर, साँघुरा सटरमा खोलिएका पसल र डिपार्टमेन्टल स्टोर सञ्चालन गर्न दिएर खुला स्थानमा सञ्चालनमा आइरहेका फुटपाथ व्यवसायप्रति सरकार निर्मम बनेको देखेर आम सर्वसाधारणसमेत आश्चर्यचकित भएका छन् ।

फुटपाथ व्यवसायले सार्वजनिक सवारीको आवतजावत तथा पैदल यात्रीलाई बाधा पुर्याएको अवस्थामा नियन्त्रण गरिनु स्वाभाविक भए पनि अहिले भने दुवै कारण छैनन् ।

फुटपाथ व्यवसायले कोरोना नियन्त्रणमा कसरी अवरोध सिर्जना गरे भन्ने चित्तबुझ्दो जवाफ सरकारसँग छैन । बरु यस्ता व्यवसायले सीमित समय खुल्ने तरकारी पसलको चाप घटाइ सामाजिक दूरी कायम गर्न सहयोग पुग्ने देखिन्छ ।

फुटपाथ व्यवसायमा संलग्न अधिकांश निम्नवर्गीय परिवार हुने गरेका छन् । राज्यको राहत कार्यक्रम ति वर्गले पाउन नसकेको बेला उनीहरुको रोजीरोटी नै खोस्नेगरी यस्तो निर्णय गरिनुलाई पनि कसैले स्वाभाविक रुपमा लिन सकेका छैनन् ।

यतिमात्र नभइ फुटपाथ व्यवसायले काठमाडौं र आसपासमा उत्पादित तरकारी बजारसम्म पुग्न सहज भएको देखिन्छ भने उपभोक्ताले पनि कम मूल्यमा खरिद गर्न पाएका छन् ।

यसरी हेर्दा फुटपाथ व्यवसाय नियन्त्रण आम उपभोक्ता, स्वरोजगारमूलक व्यवसायी तथा कोराना नियन्त्रण अभियानका निम्ति उचित मान्न सकिने देखिँदैन ।

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह