Logo

सूचना/प्रविधि

नेपाल टेलिकमद्वारा निषेधाज्ञा लक्षित चार भिन्न डाटा प्याकेज !


GDP Nepal
   २५ बैशाख २०७८, शनिबार


काठमाडौं । नेपाल टेलिकमले नयाँ डाटा प्याकेज सार्वजनिक गरेको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागू गरिएको निषेधाज्ञालाई लक्षित गर्दै यस्तो प्याकेज लागू गरिएको हो

टेलिकमले प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने अपेक्षा गरिएको जनाएको छ ।

वन जीबी पर डे विथ बोनस भ्वाइस प्याकः २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६४९ रुपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ ।

७ दिनका लागि १.५ जीबी प्याकः ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ रुपैयाँमा उपलब्ध गराइरहेको छ ।

२ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याकः २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । यो प्याकेज ३० रुपैयाँमा उपलब्ध हुनेछ ।

५०० एमबी पर डे डाटा प्याकः जम्मा २ सय ९९ रुपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ ।

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने जनाइएको छ । ग्राहकले *1415# डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् भने कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाइएको छ ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह