Logo

कर्पोरेट-बजार

हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान


GDP Nepal
   २५ बैशाख २०७८, शनिबार


काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख रुपैयाँ बराबरका कोभिड–१९ उपचारका बेला चाहिने पीपीइलगायतका आवश्यक स्वास्थ्य सामग्री गण्डकी प्रदेश सरकारलाई प्रदान गरेको छ ।

शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा प्रदेशको सामाजिक विकास मन्त्रालयलाई यो सहयोग हस्तान्तरण गरिएको जनाइएको छ । कोभिड–१९ संक्रमण रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । यसको मूल उद्देश्य आवश्यकता परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको जनाइएको छ ।

लक्ष्मी हुण्डाईले सधैं यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेको छ । लक्ष्मी ग्रुपले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड सहयोगका साथै फिभर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह