Logo

Banner-news

नेपालीले लगाइसकेको चिनियाँ खोप ‘भेरो सेल’लाई बल्ल दियो डब्लूएचओले अनुमति !


GDP Nepal
   २५ बैशाख २०७८, शनिबार


काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको खोप भेरो सेलले अन्ततः डब्लूएचओबाट अनुमति पाएको छ । डब्लूएचओले आपतकालिन प्रयोगका लागि अनुमति दिएको भेरो सेल युरोपबाहिरको पहिलो खोप पनि हो ।

भेरो सेल चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको हो । चीन सरकारले नेपाललाई आठ लाख मात्रा सहयोग उपलब्ध गराएको थियो ।

नेपाल र चीन सहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको जनाइएको छ ।

डब्ल्यूएचओले यसअघि फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइसकेको छ।

अफ्रिका, दक्षिण अमेरिका र एशियाका विभिन्न देशका स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिइसकेका छन्।

चिनियाँ कम्पनीले थोरै मात्र तथ्याङ्क सार्वजनिक गरेको कारण यो खोपको प्रभावकारिताका विषयमा प्रश्नहरू उठेका थिए।

तर शुक्रवार डब्ल्यूएचओले सो खोपको सुरक्षा, प्रभावकारितालाई पुष्टि गरेको छ र यो खोप १८ वर्षभन्दा माथिका व्यक्तिहरूलाई दुई मात्रा दिन सिफारिस गरिएको छ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह