Logo

Banner-news

बैंकिङ इतिहासकै ठूलो मर्जर, इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच ऐतिहासिक समझदारी


GDP Nepal
   ३१ बैशाख २०७८, शुक्रबार


काठमाडौं । बिहीबार नेपालको बैंकिङ इतिहासकै ठूलो मर्जरसम्बन्धी समझदारी भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकबीच मर्जरसम्बन्धी समझदारी भएको हो ।

नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बंैकले अगाडि सारेको मर्जर तथा एक्वीजिसन नीतिलाई आत्मसात गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हिमालयन बैंक लि. बीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भयो ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.को तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंक लि. को तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.तथा हिमालयन बैंक लि.दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् ।

बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने र संचालक समितिको अध्यक्षको रुपमाश्री पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ ।

त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३÷३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को चुक्ता पू‘जी १६.२६ अर्ब तथा हिमालयन बैंक लि. को चुक्ता पू‘जी १०.६८ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी २६.९४ अर्ब भइ सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक बन्नेछ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को जगेडा तथा कोष १४.१० अर्ब र हिमालयन बैंक लि. को ७.६७ अर्ब, कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको १६०.९८ अर्ब र हिमालयन बैंकको १२७.१४ अर्ब, र निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १६८.२९ अर्ब र हिमालयन बैंकको १४३.७० अर्ब रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुने जनाइएको छ ।

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूंजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहकवर्गलाई थपउत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रोप्रतिफल दिन सक्षम हुनेविश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बंैकका अध्यक्षहरुको भनाइ थियो ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह