Logo

Banner-news

वीर अस्पतालमा आईसीयू र अक्सिजन प्लान्ट: चौधरी फाउन्डेसन र नबिल बैंकसँग सम्झौता


GDP Nepal
   ४ जेष्ठ २०७८, मंगलबार


काठमाडौं । चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरे ।

त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र नाम्स उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गरे ।

सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो ।

अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यविनोद चौधरीले कोरोना महामारीले आक्रान्तमुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदाआफूहरूलाई सन्तोष लागेको बताए ।

“कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक छ,” उनले भने, “हरेक नागरिक, सामाजिक संघसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यकपूर्वाधार निर्माणमा सरिक हुनुपर्ने बेला आएको छ ।”

नाम्स उपकुलपति शाहले चौधरी फाउन्डेसन र नबिल बैंकलाई धन्यवाद दिँदै भने, “यस्तो कठिन घडीमा कोरोना उपचारका लागिअत्यन्तै संवेदनशीलमानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापनागर्ने चौधरी फाउन्डेसन र नबिल बैंकको निर्णयलाई हामी हृदयदेखि नै स्वागतगर्दछौं । यो वार्डले सयौं कोरोना बिरामीलाई जीवनदानदिनेछ भन्ने हाम्रो विश्वास छ ।”

अक्सिजन प्लान्ट स्थापनागर्न लागेको नबिल बैंकका सीईओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव नहुने वातावरण तयार हुने विश्वास व्यक्त गरे ।

“जताततै अक्सिजन हाहाकारका खबरले हामीलाई मर्माहत बनाइरहन्छ । त्यसैले पहिले अक्सिजनकै व्यवस्थापनमा लागेका हौं,” शाहले भने ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह