Logo

सूचना/प्रविधि

टेलिकमको भीओएलटीई सेवा सुरु


GDP Nepal
   ६ जेष्ठ २०७८, बिहिबार


काठमाडौं । नेपाल टेलिकमले वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत भीओ एलटीई सेवा सञ्चालनमा ल्याएको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको परीक्षण सुरु गरिएको हो । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने जनाइएको छ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटीई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखापर्दछ । भीओएलटीईको संकेत देखापरेपछि *111# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह