Logo

बिजनेस होम

पशुपन्छी पालकका लागि भेटेरिनरी एशोसिएसनद्वारा निशुल्क हटलाइन सेवा


GDP Nepal
   २६ जेष्ठ २०७८, बुधबार


काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले कोभिड महामारीका बिचमा पशुपन्छी कृषकहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्न ४ अंकको निशुल्क हटलाइन सेवा सुरु गरेको छ।

मंगलबारबाट सुरु भएको सेवामा कृषकहरुको सहजताको लागि उक्त सेवा ११५९ डायल गरेर निशुल्क रुपमा प्राप्त गर्न सकिनेछ ।

संघका अध्यक्ष डा. सितलकाजी श्रेष्ठका अनुसार निरन्तर रुपमा पशुपन्छीपालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्रि नम्बर मार्फत निरन्तर परामर्शको सुविधा प्रदान गर्नको लागि हटलाइन फोन सेवा सुरु गरेको हो ।

यो सेवा प्रदान गर्न नेपाल भेटेरिनरी एशोसिएसनसंग निम्बस कम्पनिले सहकार्य गरेको छ । निम्बस नेपालमा पशुपन्छीको पेलेट दाना उत्पादन गर्ने पहिलो कम्पनि हो। नेपाल सरकारको नियमित पशु सेवा प्रसार पहुंच करिब ३० प्रतिशत कृषककोमा मात्र पुगेको परिप्रक्ष्यमा यस कार्यले सेवा पाउनबाट बन्चिंत दुर दराजको कृषकलाई समेत विज्ञसँग सिधै जोडिदिनेछ।

गत वर्ष जस्तै यस वर्ष पनि नेपाल भेटेरिनरी एशोसिएसन र यसका प्रादेशिक कमिटिहरुबाट टेलीमेडिसिन परामर्श सेवा संचालन समेत सन्चालान गरेको छ ।टेलीलिमेडिसिन परामर्श सेवाका निम्ति एशोसिएसनले देशभरिबाट करिब ३०० पशु चिकित्सकहरुको सम्पर्क नंम्बर सार्बजनिक गरेको छ। टेलीलिमेडिसिन परामर्श सेवा आवश्यकताका अनुसार भिडियो प्रबिधि मार्फत पनि हुनेछ।

हटलाइन टोल फ्रि नंम्बरमा सेवा प्रदानको लागि विभिन्न क्षेत्रमा पशुपन्छि उपचार सेवामा सक्रिय अनुभवी पशुचिकित्सहरुले सेवा प्रदान गर्नेछ भने टेलि मेडिसिन परामर्शमा प्रादेशिक कमिटि सहितको व्यवस्थापनमा करिब ३०० पशु चिकित्सकहरुको सहभागिता रहनेछ ।

विश्वव्यापीरुपमा देखापरेको कोभिड १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि देशका धेरै जिल्ला बन्दाबन्दीको अवस्थामा रहेका छन। पशुपन्छीको आकस्मिक उपचार एवं कल्याणकारी कार्य सुचारु गर्दै जनधनको संरक्षण र सुरक्षित पशुजन्य खाद्य पदार्थको सुनिश्चितताका लागि भेटेरिनरी सेवालाई गत वर्ष देखि नेपाल सरकारले अत्यावश्यक सेवाको सूचीमा समावेश गरेको छ। यध्यपि कतिपय जिल्लामा प्रशासनको अवरोधका कारण कृषकहरु पशु चिकित्सककोमा पुग्न सकेका छैनन भने पशु चिकित्साकर्र्मीहरुले पशुपालकहरुको घरदैलोमा पुगी सेवा उपलव्ध गराउन असमर्थ भएका छन।

लकडाउनको अवधिमा कृषकहरु पशु चिकित्सककोमा पुग्न समस्या पर्ने र फिल्डमा नगई नहुने उपचार बाहेकका अन्य सामान्य परामर्श, घरेलु उपचार वा व्यवस्थापकिय पक्षमा प्राविधिक परामर्शले समेत कृषकको लागि फाइदा पुग्ने देखिन्छ। तसर्थ, यस एशोसिएसनले समग्र पशुपालकहरुमा परेको समस्या सम्वोधन गर्न र प्रभावित समुदायलाई सहयोग र्पुयाउने उद्धेश्यले टोल फ्रि नम्बरबाट भेटेरिनरी टेलिपरामर्श सेवा संचालन गर्न लागेको हो।

यो सेवा नियमित र वैज्ञानिक उपचारको विकल्प होइन तर आकस्मिक अवस्थामा कृषकहरुलाई घरेलु उपचारबारे जानकारी दिने, प्राथमिक उपचारबारे बताउने, नजिकको भेटेरिनरी सेवा प्रदायकसँग जोडने आदि कार्यको लागि तत्कालको अल्पकालिन समस्या समाधानको माध्यम हो ।

पशुपन्छीको स्वास्थ्य, आहारा, प्रजनन, र अन्य व्यवस्थपकिय पक्ष सम्वन्धित समस्याहरुको समाधानका लागि आवश्यकता अनुसार टोल फ्रि नम्बरबाट निशुल्क विज्ञको परामर्श लिन सकिनेछ। यो सेवा हाललाई अत्यावश्यक अवस्थामा हप्ताका सातै दिन २४ सै घण्टा उपलब्ध गराइएको छ।

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह