Logo

मनोरञ्जन

‘कञ्चना–३’ की अभिनेत्री एलेक्जेन्ड्राको शव झुन्डिएको अवस्थामा फेला


GDP नेपाल
   ८ भाद्र २०७८, मंगलबार


एजेन्सी ।

चर्चित तामिल फिल्म ‘कञ्चना–३’ मा मुख्य अभिनेत्रीको भूमीकामा काम गरिरहेकी रसियन अभिनेत्री तथा मोडल एलेक्जेन्ड्रा दीजाभीको शव फेला परेको छ ।

दीजाभीको शव गोवास्थित आफ्नै फ्ल्याटको भान्छाकोठामा झुन्डिएको अवस्थामा फेला परेको हो । उनी सो फ्ल्याटमा आफ्ना प्रेमीसँग बस्दै आए पनि केही समय अघि उनीहरु दुईबीच मनमुटाव भएको थियो । उनका प्रेमी फ्ल्याटमा पुग्दा समेत भित्रबाट ढोका नखुलेपछि प्रहरीलाई खबर गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, दीजाभी सन् २०१९ मा चैन्नईका एक फोटोग्राफरविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन् । मृतक दीजाभीको शव नजिकै कुनै प्रकारको सुसाइड नोट नभेटिएका कारण यो आत्महत्या हुनसक्ने प्रहरीको अनुमान रहेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित : ८ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह