Logo

Banner-news

कोभिडको उकुसमुकुसपछि चन्द्रागिरी खुलेकै दिन भीडभाड (फोटोफिचर)


GDP Nepal
   १९ भाद्र २०७८, शनिबार


काठमाडौं । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार शनिबारदेखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो ।

चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा आज पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उनले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताए ।

शाहले भन, “सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेका छौं, ठाउँ–ठाउँमा स्यानेटाइजरको व्यवस्था छ, मास्कविना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भिडभाड नहुने हुनाले पनि कोरोनाको डर कम छ ।”

उनले सर्वसाधारणका लागि केबलकार सञ्चालन आजदेखि गरे पनि रिसोर्ट गत असारबाट नै खुलाइएको जानकारी दिए ।

यसैगरी आजदेखि चन्द्रागिरिमा जिप लाइन पनि सञ्चालनमा आएको छ । आज त्यहाँ पुगेकामध्ये कतिपयले जिप लाइनको मजा पनि लिएका थिए । काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरि हिल्समा आजदेखि जिप लाइन पनि थपिएको हो । रासस

प्रकाशित : १९ भाद्र २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह