Logo

Banner-news

केयू-जाम्बिया सम्बन्ध सुदृढ गर्न जाम्बिया गणतन्त्र नेपालको वाणिज्य दूतावाससंग अन्तरक्रिया सम्पन्न


GDP नेपाल
   २९ भाद्र २०७८, मंगलबार


धुलिखेल । 

केयू-जाम्बिया सम्बन्ध सुदृढ गर्न नेपालको लागी जाम्बिया गणतन्त्रको वाणिज्य दूतावाससंग काठमाडौं विश्वविद्यालय धुलिखेलले एक अन्तरक्रिया कार्यक्र सम्पन्न गरेकाे छ । कार्यक्रममा विगतको समीक्षा र जाम्बिया काठमाडौं विश्वविद्यालयबीच सम्भावित भविष्यको सहयोगबारे छलफल भएको छ ।

कार्यक्रममा सहभागी इन्जिनियरिङ्ग बिद्यालयका एसोसिएट डीन बृजेश अधिकारीले नेपाल जाम्बियाको मात्र नभई अफ्रिकी विद्यार्थीहरुको शैक्षिक केन्द्र समेत बन्ने उच्च सम्भावना भएको बताएका छन् । अधिकारीले यस अघि नै केयूबाट स्नातक पास गरेका १९ जना विद्यार्थीहरु जाम्बियाका विभिन्न क्षेत्रहरुमा काम गरीरहेको बताएका छन् । त्यस्तै, उनले विदेशी विद्यार्थीका लागि १० प्रतिशत सीट आरक्षणसहित सबै बिषयहरुमा विदेशी विद्यार्थीहरुको भर्नालाई बढावा दिने, केयूका प्रोफेसरहरु र एसोसिएट प्रोफेसरहरुको अधीनमा अनुसन्धान सहकर्मीको रुपमा काम गर्ने विदेशी विद्यार्थीहरुलाई शूल्क छुट र स्थानीय आवास प्रदान गर्ने प्रावधान रहेको जानकारी गराएका छन् । केयूको यस प्रावधानले विदेशि विद्यार्थीको संख्यामा वृद्धि हुने अधिकारीले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा केयूको शैक्षिक उत्कृष्टतालाई सुदृढ पार्ने , जाम्बियन विश्वविद्यालयहरु र काठमाण्डौ विश्वविद्यालय बीचको प्राविधिक र व्यावसायिक शिक्षामा एक अर्कालाई सिक्ने वातावरण सिर्जना गर्ने, खानी, उर्जा क्षेत्र, र प्रविधि हस्तान्तरणको क्षेत्रमा सम्भावित सहयोगको अन्वेषण गर्ने कार्यमा गैरआवाशीय नेपालीहरुलाई संलग्न गराउने जस्ता प्रमुख बिषयहरुमा छलफल गरियो ।

अन्तरक्रियामा नेपालको लागि जाम्बिया गणतन्त्रको वाणिज्य दूतावासबाट कन्सुल देश बाँधु बस्नेत (अजित) र प्रभात कार्कीको उपस्थिति थियो । त्यस्तै, उपकुलपतिको प्रो. डा. भोला थापा, काठमाडौं विश्वविद्यालय, विज्ञान बिद्यालयका डीन प्रो. डा. कनैया झा, इन्जिनियरिङ्ग बिद्यालयका डीन प्रो. डा. मनिष पोखरेल, अनुसन्धान विकास र नवीनताको निर्देशक प्रो. डा. दिपक सुवेदी, उपकुलपतिको कार्यालयको संयोजक डिभिजनका निर्देशक प्रो. डा. विभूति रंजन झा, उपकुलपतिको कार्यालयको सामुदायिक संलग्नताको सल्लाहकार प्रो. डा. बालचन्द्र लुइटेल, उपकुलपतिको कार्यालयको ग्लोबल संलग्नता डिभिजनको एसोसिएट निर्देशक डा. उद्धव प्याकुरेल र प्रो. डा. भुपेन्द्र बिमल क्षेत्री कार्यक्रममा सहभागि भएका थिए ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह