Logo

Sub-banner

तीन स्थानीय तहमा ३३ लाखका स्वास्थ्य सामग्री प्रदान


GDP नेपाल
   २९ भाद्र २०७८, मंगलबार


डोटी ।

नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले जिल्लाका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । कोरोना सङ्क्रमणबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले रु ३३ लाखका स्वास्थ्य सामग्री निःशुल्क प्रदान गर्नुभएको छ ।

उहाँले दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकामा क्रमशः रु ११र११ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो । जिल्लाका नौवटै स्थानीय तहलाई व्यक्तिगतरुपमा आफूले निःशुल्क स्वास्थ्य सामग्री हस्तान्तरण गर्न लागेको नेता शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना जोखिमबाट जोगिन र स्वास्थ्य उपचारमा सहज होस् भनेर मैले निःशुल्क स्वास्थ्य सामग्री वितरण गरिहेको छु, जिल्लाका सबै स्थानीय तहमा उक्त सामग्री वितरण गर्नेछु ।” उहाँले वितरण गर्नुभएका स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सट्रेटर मेसिन, अक्सिमिटर, पिपिइ सेट, सर्जिकल मास्क, एन ९५ मास्क, पञ्जा, स्ट्रेचर, स्यानिटाइजर लगायतका रहेका काँग्रेस नेता तथा दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह