Logo

Banner-news

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएकाले तेलको मूल्य बढ्यो : घिउतेल उत्पादक संघ


GDP नेपाल
   ३० भाद्र २०७८, बुधबार


काठमाडौँ ।

नेपाल वनस्पति घिउतेल उत्पादक संघले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै संघले खानेतेलमा कर र अन्तर्राष्ट्रिय बजारमा क्रुड सोयाविनको मूल्य वृद्धि भएकोले तेलको मेल्य पनि वृद्धि भएको बताएको हो । खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएको उद्योगीले बताएका छन्।

‘कोभिड–१९ को कारण ढुवानी भाडा वृद्धि भएको, डिजेल पेट्रोलको मूल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोव्वर हुन पुगेकोले अन्तर्राष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खानेतेलको मूल्यमा प्रति लिटर २० देखि २५ रूपैयाँसम्म वृद्धिको असर पर्न गएको छ,’ जारी विज्ञप्तीमा उल्लेख छ।

संघका अनुसार मुख्य कच्चापदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा नेपाली बजारको मूल्य समेत अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरूप नै निर्धारण हुने गरेको छ । त्यस्तै, उद्योगहरूलाई चाहिने मुख्य कच्चापदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायत देशहरूबाट आयात हुन्छ । 

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह