Logo

घुमफिर

बर्दिया निकुञ्ज पर्यटकका लागि खुला


GDP नेपाल
   ३१ भाद्र २०७८, बिहिबार


बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ ।

स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतीक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथप्रदर्शकसहित तीन जना मात्र जानुपर्नेलगायत मापदण्ड बनाइएको श्रेष्ठले बतानुभयो ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह