Logo

Banner-news

महासंघद्वारा एमएसएमई एवं स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययनको प्रतिवेदन पेश


GDP नेपाल
   १ आश्विन २०७८, शुक्रबार


काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासंघले एमएसएमई एवं स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययनको प्रतिवेदन पेश गरेको छ । परियोजना धितो कर्जालाई राष्ट्र बैंकले प्राथमिकतामा राखेर कार्यान्वयन गरोस् भन्ने सुझाव सहित उक्त सम्भाव्यता अध्ययनको प्रतिवेदन महासंघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेश गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले उक्त प्रतिवदेन गभर्नर अधिकारीसमक्ष पेश गरेका हुन् । कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसंगै साना मझौला उद्यम (एमएसएमई) र स्टार्ट अपको विस्तारका लागि पनि केहि ठोस काम गर्नुपर्ने आवश्यकताको आधारमा महासंघले सम्भाव्यता अध्ययन गरेको थियो । एमएसएमईहरुलाई परियोजना धितोको आधारमा कर्जा लगानी गर्दा वित्तीय संस्थाहरुलाई हुन सक्ने लगानी जोखिम न्यूनीकरण गर्ने सम्भावित संयन्त्रसहित केही महत्वपूर्ण सुझावहरु प्रतिवेदनमार्फत दिइएको छ । उक्त अध्ययन प्रतिवेदनमार्फत एमएसएमई एवं स्टार्ट अपलाई पूंजी उपलब्ध गराउन कुल लगानीको १० प्रतिशत परियोजना धितोमा कर्जा प्रवाह गरिनु पर्ने, परियोजनाको मूल्याङकनको ६० प्रतिशत कर्जा उपलब्ध गराउन सकिने सुझाव दिइएको छ ।

त्यस्तै, निश्चित सीमासम्मको कर्जाको प्रत्याभूति संयन्त्र र वीमा विस्तार गर्दै जोखिम न्यूनीकरण संयन्त्र लागु गर्न बैंकहरूको क्षमता विकास गर्नुपर्ने प्रतिवेदनमा औल्याइएको छ । बैंकलाई हुने जोखिम न्यूनीकरण तथा परियोजना व्यवस्थापनका लागि विकास साझेदारहरूबाट उपलब्ध कोष एकद्वार प्रणालीमार्फत परिचालन हुनुपर्ने र कर्जा सुरक्षण निगममार्फत कर्जा वीमा सेवाको विस्तार गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह