Logo

Banner-news

असोज दोस्रो सातादेखि ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन खुल्ने


GDP नेपाल
   ३ आश्विन २०७८, आइतबार


काठमाडौँ ।

कोरोनाका कारण बन्द भएको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) पाँच महिनापछि खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार असोज दोस्रो सातादेखि लाइसेन्सको नयाँ आवेदन खुल्ने भएको हो ।

विभागले गत वैशाख १६ गतदेखि आवेदन सेवा बन्द गरेको थियो । त्यस्तै, विभागले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ । विभागका अनुसार अब पहिलेजस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनु नपर्ने व्यवस्था कार्यविधिमा छ।

प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटेर पूर्णाङ्क १०० रहने गरी चाररचार अंकका जम्मा २५ वटा वस्तुगत बहु उत्तर प्रश्नहरू सोधिने छन् । लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तिर्ण हुने र प्रयोगात्मकमा १०० पूर्णाङ्क​ रहेकोमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ।

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह