Logo

Sub-banner

बाढीका कारण हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति


GDP नेपाल
   १० आश्विन २०७८, आइतबार


हुम्ला ।

अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पुर्‍याएको हो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीसमेतको टोलीले उक्त बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको बताउनुभयो ।

हुम्लामा यतिखेर विद्युत् सेवा अवरुद्ध भएको छ । बिजुली नभएपछि यहाँका कतिपय स्थानमा सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह