Logo

कृषि / सहकारी

बिचौलियाको मार छल्न बजार खोज्दै किसान


GDP नेपाल
   १२ आश्विन २०७८, मंगलबार


बलेवा ।

गोठभरी गाई पाल्नुभएका विकास पौडेल दिनमा ५० लिटर दूध उत्पादन गर्नुहुन्छ । विदेशमा केही वर्ष काम गरेर गाउँ फर्किएपछि उहाँले व्यावसायिक पशुपालन थाल्नुभएको हो ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको उहाँको फार्ममा उत्पादन भएको दूध हिउँदमा ढुक्कले बिक्री हुन्छ, वर्षामा भने बजारको समस्या । बिहानको बिक्री गरे बेलुका रोकिन्छ, बेलुकाको बिक्री हुँदा बिहान बजार जाँदैन ।

व्यावसायिक रुपमा उत्पादन भएको दूध घरायसी प्रयोजनले मात्रै खपत हुँदैन । विकास जस्तै जैमिनी र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा झण्डै एक सय किसानले व्यावसायिक दूध उत्पादन गर्छन् । बजारमा हुने मोलमोलाईले सबैको समस्या उस्तै छ । बानपा–१२ अमलाचौरमा एकल रुपमा दैनिक २०० लिटर दूध उत्पादन गर्ने लीलाधर शर्माले खोला र सडकमै दूध पोखेका अनेक किस्सा छन् ।

किसानको दूध बजारमा पुग्दा बिचौलिया रमाउछन् । सुख्खा याममा दूधको माग अधिक हुने बजारले बर्खामा भने किसानको दूध फिर्ता गर्छ । ‘‘बजार छैन भनौँं हाम्रै स्थानीय बजारमा समेत पोखराको दूध आउछ, छ भनांै भने हाम्रो दूध बेलाबेलामा रोकिन्छ, मिल्क होलिडे हुन्छ’’ किसान विकास पौडेल भन्नुहुन्छ,‘‘हामी सङ्गठित हुन सकेनौं, बिचौलियाको मनलाग्दी छ, उपभोक्ताले दूध पाउँदैनन् ।’’ जैमिनीमा व्यावसायिक दूध उत्पादन गर्ने फार्म र किसान समूहले बनाएका सङ्कलन केन्द्र गरेर ११ समूह छन् ।

अमलाचौरका दुई सहकारीका सङ्कलन केन्द्र पनि जैमिनीका किसानसँग जोडिन्छन् । दैनिक झण्डै दुई हजार लिटर दूध उत्पादन हुने जिल्लाको दक्षिण क्षेत्रको दूधमा एक रुपता छैन । सहकारी, समूह र फार्मले उत्पादन गरेको दुध आ–आफ्नै तरिकाले बजार पु¥याउने गरेका छन् । बजारमा रहेका डेरी पसलमा सम्झौता गरेर दूध बिक्री गर्ने किसानले कहिले बन्दाबन्दीको मार त कहिले बाढीपहिरोको मार व्यहोर्ने गरेका छन् । असजिलो समयमा बजारमा दूध पु¥याउन आफ्नो दूध खरिद गर्नेले बहाना बनाएर रोकिदिने गरेको किसान प्रेम पौडेलको गुनासो छ ।

किसानका समस्या देखेको जैमिनीले किसानलाई सङ्गठित गर्न थालेको छ । किसानले आफै बजार खोज्ने, उत्पादित दूधलाई एकद्वार प्रणालीबाट बजारमा पु¥याउने र मूल्यमा समेत एकरुपता कायम गर्न नगरपालिकाले किसान समूह बनाएको छ । छिमेकी नगरपालिकाको एक वडाका किसानलाई समेत सहभागी बनाएर नगरले १३ वटा दूध उत्पादक तथा सङ्कलन केन्द्रका प्रतिनिधि सम्मेलित समूह निर्माण गरेको जैमिनी नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारीदिनुभयो ।

‘‘सधैंँ बजारको समस्या, किसानलाई एकैखालको समस्या, अब त्यो समस्या टार्न किसान आफै सक्रिय हुनेछन्’’ उहाँले भन्नुभयो, “बजारको खोजी र किसानको दूध एकै ठाउँमा सङ्कलन गरेर बिक्री गर्नका लागि पहल थालेका छौं ।” अमलाचौरको कालीगण्डकी दुग्ध उत्पादक सहकारीका मुक्ति आचार्यको नेतृत्वमा समूह गठन भएको छ ।
एघार सदस्य रहेको समूहका सचिवमा जैमिनी–२ दमेकका किसान नन्दलाल सापकोटा र कोषध्यक्षमा जैमिनी–१ कुश्मीशेराका दिनानाथ आचार्य हुनुहुन्छ । अन्य सबै फार्म र संकलन केन्द्रका प्रतिनिधि सम्मेलित समिति बनेकाले स्थानीय बजार र पोखरामा समेत नियमित दूध पठाउन सक्नेगरी बजारको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

समूह बनेर बिचौलिया छल्ने र बजार खोज्ने भएपछि किसानमा आशा पलाएको छ । ‘‘दूध बेचे पनि समयमा पैसा नआउने समस्यान थियो, अब त्यो पनि अन्त्य होला’’ किसान गुरुदत्त आचार्य भन्नुभयोे । जैमिनी नगरपालिकाले नगरप्रमुख पशु पल्टन परियोजना र वडा नं १० राङ्खानीमा भैसि प्रबद्र्धन कार्यक्रम समेत सञ्चालनमा ल्याएकाले दुधको उत्पादन थप बढ्ने आँकलन छ ।

बलेवा र जैमिनी क्षेत्रमा किसानले व्यावसायिक पशु पालनको काम थालेको धेरै बर्षभयो । तर बजारको समस्याका कारण पेशाबाट नै बिस्थापित हुने अवस्था आएको जानउँदै बजारका खोजीमा किसान जुटेका हुन् ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह