Logo

मनोरञ्जन

शाहरुख र अनन्याकाे घरमा एनसिबीको छापा


GDP नेपाल
   ४ कार्तिक २०७८, बिहिबार


एजेन्सी । 

बलिउडका चर्चित अभिनेता शाहरुख खानको घरमा भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले छापा मारेको छ । शाहरुख खानका छोरा आर्यन खान ड्रग्स प्रकरणमा पक्राउ परेसँगै नार्कोटिक्स विभागले छापा मारेको हो ।

त्यस्तै, सोही प्रकरणमा अभिनेता चंकि पाण्डेकी छोरी अनन्या पाण्डेको घरमा पनि प्रहरीले छापा मारेको छ ।

आर्यानसहित दर्जन बढी युवालाई एनसिबीले मुम्बईको एक क्रुजमा चलेको ड्रग्स पार्टीबाट पक्राउ गरेको थियो । आर्यन पक्राउ परेसँगै तनावमा रहेका खान परिवारले जमानतका लागि मुम्बई सेसन कोर्टमा अपिल गरेका थिए । तर, कोर्टले उनीहरुको जमानत अपिल खारेज गरिदिएको छ ।

सो ड्रग्स पार्टीमा अन्य कलाकारका छोराछोरी समेत सामेल रहेको जनाइएको छ । एनसिबीको नजरमा रहेकी अनन्यालाई २ बजे ब्यूरोमा हाजिर हुन आदेश दिइएको छ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह