Logo

Banner-news

भारतद्वारा अग्नि-५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण


GDP नेपाल
   ११ कार्तिक २०७८, बिहिबार


नयाँ दिल्ली ।

भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि(५को सफलतापूर्वक प्रक्षेपण गरेको छ जसले ५,००० किलोमिटर सम्मको लक्ष्यमा प्रहार गर्न सक्छ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार साँझ लगभग ७स्३० बजे ओडिशाको एपीजे अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो।

तीन चरणको ठोस इन्धन प्रयोग गर्ने यो क्षेप्यास्त्रले उच्च स्तरको सटीकताका साथ ५,००० किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्षम रहेको रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अग्नि-५ को सफल परीक्षण भारतको ‘विश्वसनीय न्यूनतम प्रतिरोधु को नीति अनुरूप छ जसले ‘पहिले प्रयोग नगर्नेु प्रतिबद्धतालाई जोड दिन्छ।

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह