Logo

Banner-news

विद्युत् महसुल दर घटाउने आयोगको निर्णय स्वागतयोग्य : महासंघ


GDP नेपाल
   ११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महसुल दर घटाउने र विद्युत डिमान्ड शुल्क नबढाउने विद्युत नियमन आयोगको निर्णय स्वागत योग्य रहेको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले आयोगको यस निर्णयले कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई थप राहत पुग्ने बताएको छ ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्युत डिमान्ड शुल्क बृद्धि नगर्न महासंघले बारम्बार अनुरोध गर्दै आएको र यस सम्बन्धमा गएको असोज १२ गते मात्रै उर्जा मन्त्रीलाई भेटी सुझाव समेत दिइएको थियो । महासंघको सुझाव अनुसार नै डिमान्ड शुल्क बृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको छ । यसका लागि महासंघ माननीय उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल, मन्त्रालयका अधिकारीहरु, विद्युत नियमन आयोग, प्राधिकरण पदाधिकारीलाई धन्यवाद दिन्छ ।’

 

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह