Logo

मनोरञ्जन

जुम्ल्याहा सन्तानको आमा बनिन् प्रिती जिन्टा


GDP नेपाल
   २ मंसिर २०७८, बिहिबार


बलिउडकी चर्चित नायिका प्रिती जिन्टा ४६ वर्षको उमेरमा आमा बनेकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिँदै प्रितीले सोरोगेसीमार्फत जुम्ल्याहा सन्तानको आमा बनेको जानकारी दिएकी हुन् ।

जुम्ल्याहा सन्तानको नाम समेत राखिसकेकी उनले ट्वीटमा लेखेकी छन् ,’म सबैसँग आज खुशीको खबर बाँड्न चाहान्छु। जीन र म धेरै खुशी छौं। हामी हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुनइनफ र जिया जिन्टा गुडइनफलाई आफ्नो परिवारमा स्वागत गर्दछौं।’

उनले सोरोगेट, चिकित्सक र नर्ससहित सबैलाई धन्यवाद दिएकी छन् । प्रितीले सन् २०१६ मा आफूभन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग विवाह गरेकी थिइन् ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह