Logo

कृषि / सहकारी

१४ अर्बको भदैया धान उत्पादन


GDP नेपाल
   ८ मंसिर २०७८, बुधबार


कलैया  ।

बाराका किसानले २०७८/७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रति हेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ ।

किसानले चालू आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जातको भदैया धान ११ हजार ९०१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४.३ मेट्रिकटनले कूल ५१ हजार १९१ मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताउनुभयो ।

साथै बेमौसमी वर्षाको कारण प्रति हेक्टर दशमलव तीन मेट्रिक टनले तीन हजार ५७१ दशमलव पाँच मेट्रिकटन धान उत्पादनमा क्षति भएको उहाँले जानकारी दिनुभयो । यसवर्ष मोटो धान प्रति क्विन्टल रु दुई ७०० सम्बन्धित निकायले दर भाउ कायम गरेको छ । गतवर्ष २०७७/७८ मा किसानले विभिन्न जातको भदैया धान ११ हजार ९३१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४।६ मेट्रिक टनले कूल ५४ हजार ८८२.६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह